मितिः २०७६/०५/२४ गते
सूचना !!!
यस एसओएस हरमन माइनर मा.वि. गण्डकीको तर्फबाट २०७६ साल वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा सम्मिलित विद्यार्थीहरूको Grade Sheet विद्यालयमा प्राप्त हुन आएकोले Biology तथा Mathematics दुवै समूहका विद्यार्थीहरूले निः शुल्क रूपमा आफै वा आफ्नो अभिभावक मार्फत उक्त ग्रेडसिट बुझिलिन सूचित गरिन्छ ।
साथै विद्यालयबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्र लिनको लागि बोर्डबाट प्राप्त गरेको ट्रान्स्कृप्ट र रू १,०००।– दस्तुर सहित विद्यालय खुलेको दिन र विद्यालय समय भित्र विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुनका लागि अनुरोध गरिन्छ ।
-विद्यालय प्रशासन